काठमाडौं । मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको छ । बैठकले गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ ।
यसअघि आजै बसेको गभर्नर सिफारिस समितिले तीनजनाको नाम सिफारिस गरेको छ, जसमा अर्थविद् विश्वनाथ पौडेल, कायममुकायम गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराई छन् । यीमध्ये पौडेलको नाम सर्वाधिक चर्चामा छ ।