काठमाडौँ । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकको गभर्नरको दौडमा रहेका प्राडा विश्व पौडेलविरुद्ध अदालतमा पुगेको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने अदालत प्रशासनको आदेशलाई आज (मङ्गलवार) सदर गरेको छ ।
आज मङ्गलवार सर्वोच्चमा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले सर्वोच्च प्रशासनले पौडेलविरुद्धको रिट निवेदनमा गरेको दरपीठ आदेशलाई सदर गरेको हो । पौडेललाई गभर्नर नियुक्त गर्न नहुने माग गर्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्चमा रिट निवेदन दिएका थिए ।
पौडेलविरुद्धको रिट सर्वोच्चमा दर्ता नै नहुने भएपछि उनलाई राष्ट्र बैंकको गभर्नर हुने बाटो खुलेको छ । गभर्नरमा नियुक्त हुने चर्चाबीच उनले ३ सदस्यीय गभर्नर सिफारिश समितिका सदस्यबाट उनले राजीनामा दिएका थिए।