काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको शतप्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि जेठ ५ गते बुक क्लोज गर्न लागेकाले जेठ ४ गतेसम्म कायम शेयरधनीहरु मात्र हकप्रद शेयर खरीद गर्र्न योग्य हुने भएका हुन । कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँको आधारमा सोही रकम बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद शेयर निष्कासनका लागि वैशाख १९ गते अनुमति प्रदान गरेको थियो । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ८० करोड रुपैयाँ कायम हुनेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । हकप्रद शेयर निष्कासनको मिति भने तय हुन बाँकी रहेको छ ।