काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ । गत वर्षपनि लाभांश वितरण नगरेको कम्पनीले यस वर्ष पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
मङ्सिर ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्म कायम रहेको वितरणयोग्य मुनाफा संचित गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण भने आगामी साधारण सभामा पेश गर्ने गरी नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय पनि कम्पनीले गरेको छ ।