logo
नेपाल बैंकको गोलबजार शाखा आफ्नै भवनमा
नेपाल बैंकको गोलबजार शाखा आफ्नै भवनमा
३० मंसिर २०८१

काठमाडौं। सिराहाको गोलबजार नगरपालिका–४, गोलबजारमा बैंकको आफ्नै स्वामित्वको नवनिर्मित भवनबाट बैंकिङ कारोबार शुरू भएको छ । भवनको बुधवार गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

बैंकले देशका विभिन्न स्थानमा रहेको आफ्नो जग्गामा आवश्यकताको आधारमा भवन निर्माण गरी कारोबार सञ्चालन गर्ने नीति अनुरूप निर्माण भएको भवनबाट ग्राहकले सम्पूर्ण बैंकिङ सुविधा प्राप्त गर्न सक्ने बताइएको छ ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.