काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २४ प्रतिशत वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमाससम्म रू. २ करोड ८६ लाख नाफा कमाएको कम्पनीले चालू आवको सोही अवधिमा रू. ३ करोड ५५ लाख कमाएको हो । चालू आवमा कम्पनीको विद्युत् विक्री आम्दानीमा वृद्धि भएको छ ।
गत आवमा रू. ७ करोड ५६ लाख विद्युत् विक्री आम्दानी गरेको कम्पनीले चालू आवमा रू. ८ करोड १९ लाख आम्दानी गरेको छ । चुक्तापूँजी रू. ३३ करोड ५९ लाख रहेको कम्पनीले जगेडामा रू. ३ करोड ९९ लाखभन्दा बढी सञ्चित गरेको छ ।
जगेडा कोष गत आवको तुलनामा चालू आवमा १२४ प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीको जगेडा कोषमा रू. १ करोड ७८ लाख थियो । कम्पनीको प्रतिशेयर आम्दानी रू.१४ दशमलव १२ (वार्षिक) र प्रतिशेयर नेटवर्थ रू. १११ दशमलव ९१ छ ।