काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आम सर्वसाधारणका लागि संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ । बैंकले गत फागुन ३० गते ३५ दिने अवधिका लागि बिक्रीमा राखेर नबिकेको संस्थापक शेयरधनीको स्वामित्वमा रहेको संस्थाफक शेयर बिक्रीमा राखेको हो ।
यो शेयर खरीदका लागि जो कोहि व्यत्ति,कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ७ दिनभित्र लाजिम्पाटमा रहेको बैंकको शेयर शाखामा आवेदन दिनुपर्नेछ ।