काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आइतवार सेञ्चुरी कमर्सियल बैंकको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।
नेप्सेले ४ दशमलव ७५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयर मूल्य रू. १७६ दशमलव ८१ तोकेको छ । कम्पनीले अन्तिम शेयर मूल्य रू. १८५ को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि सोमवार बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ कोे मुनाफाबाट शेयरधनीलाई ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव पारितका लागि कम्पनीले पुस १४ गते साधारण सभा आयोजना गरेको छ । सभा आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ९ बजे शुरू हुने जानकारी दिएको छ । साथै सभाले सेञ्चुरी कमर्सियल बैंक र प्रभु बैंक एकआपसमा गाभ्ने गाभिने प्रस्ताव पनि पारित गर्नेछ ।