logo
प्राइम कमर्सियल बैंकको ५ लाखभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी
प्राइम कमर्सियल बैंकको ५ लाखभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले माघ १३ गतेदेखि ५ लाख ५ हजार १८६ कित्ता संस्थापक शेयर सर्वसाधारणमा निष्कासन गरेको छ ।

कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि निष्कासन गर्दा वितरण नभएकाले दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थामा विक्री गर्न लागेको हो । माघ २० गतेभित्र सम्बन्धित खरीदकर्ताहरूले आवेदन दिनुपर्नेछ ।

प्रतिकित्ता १०० रुपैयाँ मूल्य तोकिएको यी शेयर खरीदकर्ताहरूले तोकिएको तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य कबुल गर्नुपर्नेछ । आवेदन दिँदा सम्पूर्ण कित्ता माग गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र प्राप्त आवेदन माघ २१ गते विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय कमलादी, काठमाडौंमा खोलिने छ । 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.