काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू.१८ करोड २५ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ३ दशमलव ४९ प्रतिशत वृद्धि भएको छ ।
चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीको महाविपत्ति कोषमा रू.९ करोड ९७ लाख, रिटेन्ड अर्निङमा रू.६८ करोड ९८ लाख र अन्य इक्विटीमा रू.११ करोड ९२ लाख रहेको छ ।
चालू आवमा कम्पनीको जीवन बीमा कोषमा रू. ११ अर्ब ८९ करोड रहेको छ । गत आवमा जीवन बीमा कोषमा रू. ८ अर्ब १८ करोड थियो । यस आधारमा गत आवको तुलनामा चालू आवमा कम्पनीको जीवन बीमा कोषको आकार ४५ दशमलव २५ प्रतिशत वृद्धि भएको छ ।
प्रतिशेयर आम्दानी भने गत आवको तुलनामा चालू आवमा घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ८ रुपैयाँ २१ पैसा रहेकोमा चालू आवमा ७ रुपैयाँ ७३ पैसामा झरेको छ ।