फागुन २५, काठमाडौं (अस) । प्रधानसेनापति गौरवशमशेर जबरा बङ्गलादेशको चारदिने औपचारिक भ्रमणका लागि सोमवार प्रस्थान गरेका छन् । बङ्गलादेशी सेना प्रमुख इकबाल करिम भुइयाँको निमन्त्रणामा प्रधानसेनापति जबरा बङ्गलादेशको भ्रमणमा निस्किएका हुन् ।
भ्रमणका क्रममा राणाले बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदसँग शिष्टाचार भेट गर्ने सैनिक जनसम्पर्क निर्देशनालयद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उच्चस्तरीय सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र बङ्गलादेशी सेनाबीच रहँदै आएको सम्बन्धलाई अझ सुमधुर र प्रगाढ तुल्याउने नेपाली सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले बताए । प्रधानसेनापतिको भ्रमण दलमा उपरथी अनुजबहादुर बस्न्यात, सहायकरथी शशिचन्द्रबहादुर सिंह र सेनानी ज्ञानेन्द्र केसी रहेका छन् ।
बङ्गलादेशमा रहँदा प्रधानसेनापति राणाले बङ्गलादेशी समकक्षी भुइयाँसँग द्विपक्षीय सैनिक सहयोगसम्बन्धी वार्ता गर्नेछन् । नेपाली र बङ्गलादेशी सेनाले लामो समयदेखि एकअर्का देशमा तालीमका लागि सैनिक आदानप्रदान गर्ने गरेका छन् । प्रधानसेनापति राणा बङ्गलादेशको भ्रमण पूरा गरेर फागुन २८ गते स्वदेश फिर्ता हुनेछन् ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.