logo
रावा इनर्जीको आईपीओ बाँडफाँट, भाग्यमानी ७ जनाले पाए ११ कित्ता शेयर
रावा इनर्जीको आईपीओ बाँडफाँट, भाग्यमानी ७ जनाले पाए ११ कित्ता शेयर

काठमाडौं । रावा इनर्जी पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । मंगलवार विक्री प्रबन्धक प्रभु क्यापिटल कमलादीमा बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओमा ११ लाख ८५ हजार २०६ जना आवेदकले १ करोड २९ लाख ८६ हजार ३९० कित्ताका लागि आवेदन दिएका थिए । १० लाख ७७ हजार ७४० जना योग्य आवेदकलाई शेयर बाँडफाँट गरिएको हो ।जसमध्ये ६४ हजार ३६६ आवेदकले १० कित्ता दरले शेयर पाएका छन् । तिनै आवेदकमध्ये भाग्यमानी ७ जनाले थप १–१ कित्ता शेयर पाएका हुन् । कम्पनीले जेठ १८ गतेदेखि २२ गतेसम्म ६ लाख ४३ हजार ६६७ कित्ता शेयर सर्वसाधारणमा निष्कासन गरेको थियो ।  

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.