काठमाडौं । रोटरी क्लब अफ गोंगबुको ‘जोइन्ट क्लब एसेम्बली’ सोमवार गोंगबु काठमाडौंमा सम्पन्न भएको छ ।
कार्यक्रममा रोटा एयर २०२४–२५ को कार्य समितिले रोटा एयर २०२५–२६ को कार्य समितिलाई जिम्मेवारी हस्तान्तरण गरेको छ ।
सो अवसरका रोटरी इन्टरनेशनल ३२९२ नेपाल–भुटानका एसिस्टेन्ट गभर्नर त्रय प्रविण भट्टराई, कविता मानन्धर र युवराज नकर्मीको उपस्थिति थियो ।
कार्यक्रममा गत वर्ष सम्पन्न क्लबका गतिविधि र आगामी वर्षको कार्य योजना प्रस्तुत गरिएको थियो ।
उक्त कार्यक्रममा एसिस्टेन्ट गभर्नरहरूले क्लबलाई आवश्यक सुझाव दिएका थिए ।