काठमाडौं । रू रू जलविद्युत परियोजना लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ५ करोड ९६ लाखभन्दा बढी खुद नाफा गरेको छ ।
गत वर्षको यसै अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ९ दशमलव ३१ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ६ करोड ५७ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
यस वर्ष आम्दानी कम भएकाले कम्पनीको खुद नाफा कम भएको हो । गत वर्ष रू. ९ करोड ९६ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ९ करोड १५ लाखभन्दा बढी मात्र आम्दानी गरेको हो । १० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर रू. ४९ करोड ३३ लाख २३ हजार कायम भएको छ । जगेडा कोष रकम भने रू. १५ करोड ४ लाखभन्दा बढी रहेको छ ।
दोस्रो त्रैमाससम्म कम्पनीको कुल सम्पत्ति रू. ८२ करोड ४१ लाखभन्दा बढी रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. २४ दशमलव १७ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १३० दशमलव ४९ रहेको छ ।
वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोस