साउन २४, काठमाडौं (अस) । सानिमा बैङ्क लिमिटेडले धनगढीमा शाखा स्थापना गरेको छ । उक्त शाखाको मङ्गलवार बैङ्कका सञ्चालक भरतकुमार पोखरेल र कलाकार हरिवंश आचार्यले संयुक्त रूपमा उद्घाटन गरे । योसहित बैङ्कको शाखा सङ्ख्या २७ पुगेको छ । सो अवसरमा सञ्चालक पोखरेलले बैङ्कले शिक्षा, रोजगारी र स्वास्थ्य क्षेत्रमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी ल्याइएका संस्थागत सामाजिक उत्तरदायित्वका योजनामा करीब रू.६३ लाख खर्च गर्ने बताए ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.