काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभा बिहीवार आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा सम्पन्न भएको हो । सभाले ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यसैगरी सभाले यस बैंकलाई प्रभु बैंकले प्राप्ति गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीेले साधारण सभा प्रयोजनको लागि पुस ४ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस ३ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् ।