काठमाडौं । नेपाल राष्ट्र बैंक (NRB) ले प्रभु बैंकलाई सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकले पुस १९ गते प्रभु बैंकलाई सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो ।
प्रभु बैंक (prabhu bank)ले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्न गत मंसिर २१ गते सम्झौता गरेको थियो । प्रभु बैंकले १ बराबर १ शेयर आदानप्रदान गर्ने सहमति अनुसार सेञ्चुरीलाई प्राप्ति गर्न लागेको हो । दुवै बैंकले पुस १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट प्राप्तिका लागि स्वीकृति प्रदान गरिसकेका छन् ।
सेञ्चुरीलाई प्राप्तिपछि बैंकको नाम प्रभु बैंक नै रहनेछ । राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि दुवै बैंकलाई एकीकृत कारोबार गर्ने बाटो खुला भएको छ । दुवै बैंकले यसअघि नै पुसभित्रै एकीकृत कारोबार गर्ने योजना बनाएका थिए ।