logo
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ४ लाख ८२ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ४ लाख ८२ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले संस्थापकतर्फको ४ लाख ८२ हजार २७६ कित्ता शेयर विक्रीमा ल्याएको छ ।

कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी मंगलवारबाट यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन पेश नगरेमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ । 
 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.