सिंगापुर । सिंगापुरमा भएको आमचुनावमा प्रधानमन्त्री लरेन्स वोंगको दल पीपुल्स एक्सन पार्टी (पीएपी)ले लगातार १४ औं पटक जित हासिल गरेको छ ।
सिंगापुर स्वतन्त्र हुनुअघि सन् १९५९ देखि सत्तामा रहेको पीएपीले गत शनिवार सम्पन्न चुनावमा जित हासिल गर्दै उक्त इतिहास रचेको हो । सिंगापुर सन् १९६५ अगस्ट ७ मा स्वतन्त्र भएको थियो ।
९७ सदस्यीय सिटका लागि भएको चुनावमा पीएपीले ८७ सिटमा जित हासिल गरेको छ । यद्यपि जितको आधिकारिक घोषणा हुन भने बाँकी छ ।
जितसँगै प्रधानमन्त्री वोंगले फेरि सत्ता सम्हाल्ने भएका छन् ।
पीएपीले यो चुनावमा मत पनि बढाएको छ । यसअघि सन् २०२० मा भएको चुनावमा उक्त दलले ६१.२ प्रतिशत भोट पाएको यो चुनावमा ६५.५७ प्रतिशत मत पाएको छ । एजेन्सीको सहयोगमा