काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ललितपुरस्थित सारंग हेल्थ केयर प्रा.लि.बीच विशेष छूट सुविधा प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले सारंग हेल्थ केयरमा सेवा लिँदा १५ प्रतिशतसम्मको छूट प्राप्त गर्न सक्नेछन्।
बैंकका अनुसार यस्तो सहकार्यले ग्राहकहरूलाई नगद कारोबारभन्दा डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्न समयसमयमा ग्राहकमुखी कार्यक्रम र छूट सुविधा सञ्चालन गर्दै आएको बैंकले जनाएको छ। छूटसम्बन्धी विस्तृत जानकारी बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ।
बैंकले हाल देशभर ६१ जिल्लामा फैलिएका २०० शाखा, १६८ एटीएम, ३ विस्तारित काउन्टर तथा ७४ शाखारहित बैंकिङ इकाइमार्फत १८ लाख ९६ हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।