logo
सिटिजन्स म्युचुअल फण्डका तीनओटै योजनाको न्याभ बढ्यो, अन्य सूचक कति ?
सिटिजन्स म्युचुअल फण्डका तीनओटै योजनाको न्याभ बढ्यो, अन्य सूचक कति ?

काठमाडौं । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड २, सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स सुपर ३० म्युचअल फण्डले जेठ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी तीनओटै फण्डको न्याभ वैशाखको तुलनामा जेठमा बढेको छ । 

सिटिजन्स सुपर ३० को न्याभ वैशाख मसान्तमा ९ रुपैयाँ ९४ पैसा रहेकोमा जेठ मसान्तमा बढेर १० रुपैयाँ ०८ पैसा पुगेको हो । त्यस्तै सिटिजन्स म्युचुअल फण्ड १ को न्याभ वैशाख मसान्तमा ८ रुपैयाँ ७८ पैसा रहेकोमा जेठ मसान्तमा बढेर ९ रुपैयाँ ३९ पैसा पुगेको छ । 

सिटिजन्स म्युचुअल फण्ड २ को न्याभ जेठ मसान्तमा १० रुपैयाँ ०५ पैसा कायम भएको छ । वैशाख मसान्तमा भने फण्डको न्याभ ९ रुपैयाँ ३२ पैसा थियो । यस फण्डले जेठ मसान्तसम्ममा रू. ७१ लाख ८४ हजार नाफा कमाएको छ ।

वैशाखमा भने फण्ड रू. ३ करोड १२ लाख नोक्सानीमा थियो । जेठ महीनामा फण्डले रू. १ करोड ६६ लाख आम्दानी गर्न सफल भएकाले नाफामा रहेको हो ।

वैशाखमा फण्डको जम्मा आम्दानी रू. २ करोड २७ लाख ऋणात्मक थियो । यस फण्डले जेठ मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ३८ करोड २१ लाख लगानी गरेको छ । यो लगानी वैशाखमा रू. ३५ करोड ३ लाख थियो । 

त्यस्तै सिटिजन्स म्युचुअल फण्ड १ ले जेठ मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ४९ करोड २४ लाख लगानी गरेको छ । यो लगानी वैशाख मसान्तसम्ममा रू. ४४ करोड ५९ लाख थियो । त्यस्तै यो फण्ड वैशाख मसान्तसम्ममा रू. २ करोड ९२ लाख नोक्सानीमा रहेकोमा जेठ मसान्तमा भने रू. २ करोड ६ लाख नाफामा छ । 

त्यस्तै सिटिजन्स सुपर ३० ले जेठ मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. १४ करोड १८ लाख लगानी गरेको छ । यस फण्डले सो अवधिमा रू. ६० लाख ५६ हजार नाफा कमाएको छ । 

सिटिजन्स म्युचुअल फण्ड १ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला
सिटिजन्स म्युचुअल फण्ड २ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला
सिटिजन्स सुपर ३० को  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला  

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.