काठमाडौं । गत मङ्सिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएको निर्वाचन आयोगले जानकारी दिएको छ । मतगणना कार्य सकिए पनि अन्तिम परिणाम भने सार्वजनिक भइनसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाका अनुसार हालसम्म ९५ लाख ४४ लाख ६ सय ४१ मत सदर भएको छ । प्राप्त मत परिणामअनुसार नेकपा एमाले ३१ लाख ७३ हजार ४ सय ९४ मत ल्याएर पहिलो पार्टी बनेको छ । नेपाली काङ्ग्रेस ३१ लाख २८ हजार ३ सय ८९ मतसहित दोस्रो भएको छ भने नेकपा माओवादी केन्द्र १३ लाख ३ हजार ७ सय २१ मत ल्याएर तेस्रो पार्टी भएको छ । रासस
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.