logo
समृद्धि फाइनान्सले २२औं वार्षिक साधारण सभा पुस २८ मा गर्ने
समृद्धि फाइनान्सले २२औं वार्षिक साधारण सभा पुस २८ मा गर्ने

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले २२औं वार्षिक साधारण सभा पुस २८ गते गर्ने भएको छ । कम्पनीले सभा होटेल एभोकाडो आर्किड रिसोर्ट हेटौंडा मकवानपुरमा बिहान १० बजे शुरु गर्ने जानकारी दिएको हो ।
सभाले गत अर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  

त्यस्तै, सभाले संस्थालाई कुनै बैंक,विकास बैंक तथा वित्तीय सस्थासँग एक आपसमा गाभ्ने र गाभिने तथा मर्जरको लागि आवश्यक सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १२ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् । 

सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.