logo
सोल्टी होटलको लाभांश घोषणा, साधारण सभाको मिति पनि तय
सोल्टी होटलको लाभांश घोषणा, साधारण सभाको मिति पनि तय

काठमाडौं । सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको मङ्सिर १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ०७९/८० सम्मको मुनाफाबाट लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले ५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि २६ दशमलव ५७८९४७३७ प्रतिशत नगद लाभांश गरी कुल ३१ दशमलव ५७८९४७३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । उक्त प्रस्तावित लाभांश पारितका लागि कम्पनीले पुस २६ गते साधारणसभा आह्वान गरेको छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले पुस ५ देखि २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

उक्त बुक क्लोजको आधारमा पुस ४ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् । 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.