काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । कम्पनीले यस वर्ष गत आर्थिकवर्ष ०८०/८१ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ६४ करोड रुपैयाँ छ । ५ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने अवस्थामा कम्पनीले बोनस शेयर वितरण गर्न लागेको हो । प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले असार २ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि जेठ २६ गते बुक क्लोज गर्न लागिएकाले जेठ २५ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।