काठमाडौं । सोमबार सुनचाँदीकाे मूल्य बढेको छ । आइतबार प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमवार तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ६२ हजार ७२५ रुपैयाँ तोकिएको छ ।
यस दिन चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार १० ग्राम चाँदीको मूल्य सोमवार १ हजार ७०६ रुपैयाँ कायम भएको हो ।