logo
सुपरमाई हाइड्रोपावरका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा
सुपरमाई हाइड्रोपावरका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले आफ्ना शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गर्न शुरु गरेको छ । 

मंसिर २८ गते साधारण सभा सम्पन्न गरेको यस कम्पनीले मंसिर १६ गतेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा नगद लाभांश पठाउन शुरु गरेको हो । 

कम्पनीले कनेक्ट आइपीएसमार्फत शेयरधनीहरूको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा ५ दशमलव ६३१ प्रतिशत नगद लाभांश (करसहित) जम्मा गरेको जनाएको छ । 

साथै कम्पनीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका शेयरधनीलाई तुरुन्त अपडेट गर्न पनि आग्रह गरेको छ । त्यसपछि मात्र खातामा नगद लाभांश आउनेछ ।

कम्पनीको साधारण सभाले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस शेयर र ५ दशमलव ६३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीको शेयर रजिष्ट्रार आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.