logo
तेस्रो त्रैमासिक सम्ममा वाणिज्य बैंकको खुद नाफा  १.४ प्रतिशतले वृद्धि नबिल बैंक रु. ५.०५ अर्ब खुद नाफाका साथ अग्रस्थानमा रहँदा नेपाल बैंक लिमिटेडको नाफा वृद्धिदर सबैभन्दा बढी
तेस्रो त्रैमासिक सम्ममा वाणिज्य बैंकको खुद नाफा  १.४ प्रतिशतले वृद्धि

काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक सम्ममा नेपालका वाणिज्य बैंकहरूको खुदनाफामा १.४ प्रतिशतले वृद्धि भएको छ। 

तेस्रो त्रैमासिकका लागि परिष्कृत वित्तीय विवरण अनुसार २० ओटा  वाणिज्य बैंकले यस आर्थिक वर्षमा रु. ४१ अर्ब २४ करोड, ११ खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यो रकम रु. ४० अर्ब ६७ करोड थियो ।

२० बैंक मध्ये ११ को नाफामा वृद्धि भएको छ भने ९ को नाफा घटेको छ। नबिल बैंकले रु. ५ अर्ब ५ करोड १४ लाख बढि खुद नाफा कमाएर खुद नाफा गर्नेको पहिलो स्थानमा छ। तर, सबैभन्दा बढि नाफा वृद्धिदर भने  नेपाल बैंक लिमिटेडको छ ।  
यस बैंकले यस वर्ष रु. २ अर्ब ७८ करोड नाफा गरेको छ, जुन गत वर्षभन्दा २०००प्रतिशतले बढी हो।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (रु. ४.५४ अर्ब), ग्लोबल आइएमई बैंक (रु. ४.५३ अर्ब) र एभरेस्ट बैंक (रु. ३.४५ अर्ब) ले पनि उच्च नाफा कमाएका छन्।

यी बैंकको नाफा घट्यो
एनआइसी एसिया बैंकको खुद नाफा ९१.८१ प्रतिशतले घटेको छ । गत वर्ष रु. १.९१ अर्ब नाफा कमाउने यस बैंकले यस वर्ष मात्र रु. १अर्ब ५६.७८ करोड कमाएको छ। 

हिमालयन बैंक ७४.३३ प्रतिशत, कुमारी बैंक ७२.८५ प्रतिशत, राष्ट्रिय बाणिज्य बैंक ४९.२९ प्रतिशत, प्राइम कमर्सियल बैंक २२.५६ प्रतिश, सिटिजन्स बैंक २०.६ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंक ११.१७ प्रतिशत, कृषि विकास बैंक १०.१७ प्रतिशत, र सिद्धार्थ बैंकको ०.९४ प्रतिशतले नाफा घटेको छ।

किन बढ्यो नाफा?
ऋण वृद्धिदर न्यून भएता पनि नेपाल राष्ट्र बैंक (राबा)ले ल्याएका राहत उपायले बैंकहरूको नाफा वृद्धिमा योगदान पुर्‍याएको बैंक क्षेत्रका जानकारहरू बताउँछन्।

जम्मा रकम बढेपनि आर्थिक गतिविधि मन्द भएकोले निजी क्षेत्रमा ऋण प्रवाह सीमित छ । राबाका अनुसार चालू आर्थिक वर्षको मध्य सम्ममा बैंक तथा वित्तीय संस्थाले रु. ३ खर्ब ०४ अर्ब बढि ऋण प्रवाह गरेका छन् । जुन गत वर्षभन्दा ६ प्रतिशतबढी हो। तर, राबाको मौद्रिक नीतिले यस वर्ष निजी क्षेत्रमा १२.५ प्रतिशत ऋण वृद्धिको लक्ष्य राखेको थियो।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.