काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ९७ हजार ७९३ कित्ता संस्थापक शेयर फागुन २१ गतेदेखि अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न सक्ने गरी विक्रीमा ल्याएको छ । कम्पनीले यस अघि विद्यमान संस्थापकहरूमा विक्री खुला गर्दा वितरण नभएको यी शेयर अन्य व्यक्ति तथा संस्थाहरूमा जारी गरेको हो ।
प्रतिकित्ता १०० रुपैयाँ तोकिएर विक्रीमा आएको यी शेयर खरीदका लागि इच्छुक लगानीकर्ताहरूले फागुन २८ गतेसम्म आवेदन पेश गर्नुपर्नेछ । न्यूनतम सम्पूर्ण कित्ता माग गर्दै आवेदन दिन सक्ने व्यवस्था कम्पनीले गरेको छ । खरिदकर्ताहरूले आफूले खरीद गर्न चाहेको शेयर वापत्को १० प्रतिशत रकम प्रभु क्यापिटल लिमिटेडको प्रभु बैंक लिमिटेडको कमलादी शाखामा रहेको खाता नम्बर १११००६३१८१६००१३३ मा जम्मा गरी सक्कल भौचर निवेदनमा संलग्न गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र प्राप्त बोलपत्र चैत १ गते बिहान ११ बजे विक्री प्रबन्ध प्रभु क्यापिटलको कमलादी, काठमाडौंमा रहेको कार्यालयमा खोलिने कार्यक्रम तय भएको छ ।