काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १६७ दशमलव १६ प्रतिशत वृद्धि भएको छ ।
गत आवमा कम्पनीले रू. ४ करोड ३६ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. ११ करोड ६५ लाख पुगेको हो । चालू आवमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो ।
गत आवको तुलनामा चालू आवमा कम्पनीको सञ्चालन नाफा १८० प्रतिशत र खुद ब्याज आम्दानी ६ प्रतिशत वृद्धि भएको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ५१ पैसा रहेकोमा चालू आवमा बढेर १४ रुपैयाँ ७२ पैसा पुगेको हो ।
चुक्ता पूँजी रू. १ अर्ब ५ करोड रहेको कम्पनीले तेस्रो त्रैमाससम्ममा जगेडा कोष र शेयर प्रिमियममा गरेर कुल रू. १ अर्ब ७८ करोडभन्दा बढी सञ्चिति गरेको छ । सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू. ३३ करोड ८७ लाख छ ।
कम्पनीको प्रतिशेयर नेटवर्थ २ सय ६९ दशमलव ३४, मूल्य आम्दानी अनुपात ७६ गुणा र तरलता अनुपात ४ दशमलव ८८ प्रतिशत छ ।