काठमाडौं । चालु आर्थिक वर्षको ८ महीनामा १३ ओटा विकास बैंक नाफामा रहेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १७ ओटा विकास बैंकमध्ये ४ बैंक भने घाटामा छन् ।
समीक्षा अवधिमा रकमका आधारमा सबैभन्दा बढी नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक छ । बैंकले फागुन मसान्तसम्ममा रू. ६५ करोड ९९ लाख नाफा कमाएको छ ।
उक्त सूचीमा दोस्रोमा गरिमा विकास बैंक छ । बैंकले फागुन मसान्तसम्ममा रू. ६५ करोड २२ लाख नाफा कमाएको छ । माघमा भने यो बैंकले सबैभन्दा बढी नाफा कमाएको थियो ।
यो सूचीमा तेस्रोमा छ शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक । बैंकले रू. ५२ करोड २७ लाख नाफा कमाएको छ ।
यसैगरी, महालक्ष्मी विकास बैंकले ४० करोड ७४ लाख, कामना सेवा विकास बैंकले रू. ३८ करोड १५ लाख, लुम्बिनी विकास बैंकले रू. २७ करोड ९७ लाख र ज्योति विकास बैंकले रू. २५ करोड ७७ लाख नाफा कमाएका छन् ।
फागुन मसान्तसम्ममा नोक्सानी व्यहोर्नेमा सालपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैंक छन् । यी बैंकमध्ये सबैभन्दा बढी नोक्सानीमा एक्सेल डेभलपमेन्ट बैंक छ । बैंकले फागुन मसान्तसम्ममा रू. २४ करोड ३० लाख नोक्सानीमा छ ।
यो सूचीमा दोस्रोमा रहेको सप्तकोशी डेभलपमेन्ट बैंक रू. १३ करोड ६२ लाख र तेस्रोमा रहेको नारायणी डेभलपमेन्ट बैंक रू. ७४ लाख नोक्सानीमा छ । त्यस्तै सालपा विकास बैंक रू. २५ लाखमा घाटामा छ ।
कुन बैंकको नाफा/घाटा कति ?
स्रोत : नेपाल राष्ट्र बैंक ।