काठमाडौं । दिव्यश्वरी हाईड्रोपावर लिमिटेडले यस अघि स्थगित वार्षिक साधारण सभा पुनः बोलाइएकोे छ । यस अघि जेठ २२ गते अन्नपूर्ण पार्टी भेन्यू, मैतिदेवि सेतोपुल, काठमाडौंमा विहान ११ः३० बजेका लागि बोलाइएको सभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो । जेठ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुनः सोही स्थानमा असार ९ गते दिउँसो १ बजे सभा गर्ने निर्णय गरेको ह ो ।
सभाले अघिल्ला दुई आर्थिक वर्ष ०७९/८० र ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पारित गर्नेछे । शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव तय गरेको कम्पनीले प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पनि गरेको छ । साथै कम्पनीले समान उदेश्य भएका कम्पनीहरुसँगै मर्जर तथा प्राप्तिमा जाने प्रस्ताव गर्दै सो कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले जेठ ८ गते बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा जेठ ७ गतेसम्म कायम शेयरधनीहरु मात्र पुनः बस्ने सभामा भाग लिन योग्य हुनेछन् ।