काठमाडौं । अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडको कुल ३५ लाख ३० हजार कित्ता शेयरको लकइन असार ३१ गतेपछि सकिने भएको छ । कम्पनीको संस्थापक तर्फको ३० लाख कित्ता, कर्मचारीतर्फको ३० हजार कित्ता र आयोजना प्रभावित स्थानीय तर्फको ५ लाख कित्ता शेयर तीन वर्षका लागि लकइनमा रहेको थियो ।
सर्वसाधारणमा आईपीओ बाँडफाँट भएको मितिदेखि तीन वर्षको अवधिसम्म यी शेयर लकइनमा रहेको हो । कम्पनीले सर्वसाधारणमा २०७९ साल असार ३२ गते आईपीओ बाँडफाँट गरेको थियो । लइकन अवधि सकिएपछि यी शेयर धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।