logo
जानकी फाइनान्सको ५८ हजार संस्थापक शेयर सर्वसाधारणले खरीद गर्न पाउने
जानकी फाइनान्सको ५८ हजार संस्थापक शेयर सर्वसाधारणले खरीद गर्न पाउने

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले संस्थापक तर्फको ५८ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ ।

यसअघि जेठ २२ गतेदेखि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गर्दा वितरण हुन नसकेको यो शेयर सर्वसाधारणमा जारी गरिएको हो ।

कम्पनीले आज सूचना जारी गर्दै इच्छुक खरीदकर्ताहरूले आगामी सात दिनभित्र आवेदन पेस गर्न भनेको छ । निवेदन कम्पनीको केन्द्रीय कार्यालय, जनकपुरधाममा पेस गर्नुपर्नेछ । कम्पनीले अशोक शाहको नाममा रहेको शेयर विक्री खुला गरेको हो ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.