काठमाडौं । कुमारी बैंक लिमिटेडले ९ हजार ५६ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले जेठ २७ गतेदेखि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।
इच्छुक खरीदकर्ताहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नागपोखरी, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् । यो चरणमा विद्यमान संस्थापक शेयरधनीहरुले आवेदन पेश नगरेमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री हुने जानकारी कम्पनीले दिएको छ ।