logo
लाभांश पारितका लागि बोटलर्स नेपाल तराईले बोलायो पुस २६ मा साधारण सभा, बुक क्लोज कहिले ?
लाभांश पारितका लागि बोटलर्स नेपाल तराईले बोलायो पुस २६ मा साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । बोटलर्स नेपाल तराई लिमिटेड लाभांश पारितका लागि पुस २६ गते ३८औं वार्षिक साधारण सभा बोलाएको छ । सभा काठमाडौंको लाजिम्पाटस्थत होटल र्‍याडिसनमा  दिउँसो १२ बजे शुरु हुने कम्पनीले जनाएको छ । 

सभाले ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै गत आव २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा पुस १८ गते सम्मकायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.