काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरण (नवीकरण) गर्दा विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छूट दिने भएको छ ।
कम्पनीले मंगलवार सूचना जारी गर्दै २०८२ असार ३ गतेदेखि असार २० गतेसम्म विभिन्न समयमा व्यतित भएका बीमालेखहरूको पुनर्जागरण गर्दा विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छूट दिने जानकारी दिएको हो ।
कम्पनीका अनुसार २०७५ चैत १ गतेसम्म व्यतित भइसकेका बीमालेखहरू पुनर्जागरण गर्दा ५० प्रतिशत, २०७५ चैत २ देखि २०७८ चैत १ सम्म व्यतित बीमालेखहरूमा ६० प्रतिशत र २०७८ चैत २ देखि २०८२ असार ३ सम्म व्यतित भएका बीमालेखहरू पुनर्जागरणमा ७५ प्रतिशत विलम्ब शुल्क छूट हुनेछ । पुनर्जागरण मितिले २ वर्षभित्र अवधि सकिने बीमालेखमा विलम्ब शुल्क छूट नपाइने भनाइ कम्पनीको छ ।
एक पटक विलम्ब शुल्कमा छूट लिइसकेका बीमितहरूलाई पूरा बीमा अवधिभर पुनः छूट नहुने र बीमालेख पुनर्जागरण मितिदेखि एक वर्षभित्र समर्पण भएमा प्रदान गरिएको विलम्ब शुल्क छूट सुविधाको सम्पूर्ण रकम कट्टा गरिने जानकारीसमेत कम्पनीले दिएको छ ।