काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले २५ प्रतिशत हकप्रद शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको छ ।
कम्पनीले गत माघ १८ गतेभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीहरूलाई २५ प्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । धितोपत्र दोस्रो बजारमा सूचीकृतपछि कम्पनीले सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा हकप्रद शेयर जम्मा गरेको हो ।
बोनस शेयर पनि हितग्राही खातामै जम्मा गरिने भएकाले हालसम्म पनि हितग्राही खाता नखोलेका शेयरधनीहरूले यथाशीघ्र खोली आफ्नो बोनस शेयर प्राप्त गर्न पनि कम्पनीले भनेको छ ।
धितोबन्धक राखि कर्जा लिएका शेयरधनीहरूले हकप्रद शेयर कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाहरूको स्वीकृति पत्र प्राप्त भएपछि मात्र सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिने जानकारी समेत कम्पनीले दिएको छ ।