काठमाडौं । मंगलवार प्रभु बैंक र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीहरूमा विक्री नभएको शेयर सर्वसाधारणमा जारी गरेका छन् ।
प्रभु बैंकले ९ हजार ८८२ कित्ता र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २ लाख ४४ हजार ४८० कित्ता संस्थापक शेयर असार १० गतेसम्मका लागि विक्रीमा ल्याएका हुन् ।
यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूसँग अन्य व्यक्ति तथा संस्थाहरूले आवेदन पेश गर्न सक्नेछन् ।
प्रभु बैंकको शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ भने छिमेक लघुवित्तको शेयरको मूल्य प्रतिकित्ता ३९० रुपैयाँ तोकिएको छ । खरीदकर्ताहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गर्दै प्रभु बैंकका लागि न्यूनतम १ हजार कित्ता र छिमेक लघुवित्तका लागि न्यूनतम ५० हजार कित्ता शेयर माग गर्दैै आवेदन पेश गर्नुपर्नेछ ।
यी शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।