काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले असार २४ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने लगायतका प्रस्ताव पारितका लागि सभा बोलाएको हो ।
कम्पनीले आईपीओ निष्कासनका लागि २०८१ साउन २३ गते नेपाल धितोपत्र बोर्डमा आवेदन पेश गरेको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ६ करोड ६० लाख रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
असार २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको शंखमुलस्थित अनमोल बैंक्वेटमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०\८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
नयाँ सञ्चालन समितिको चयन, आयोजनाका लागि थप कर्जा लिने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र त्यसका लागि सञ्चालक समितिलाई जिम्मेवारी दिने निर्णय पनि सभाले गर्नेछ ।