logo
लाभांश पारितका लागि जीवन विकास लघुवित्तले पुस २८ मा बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
लाभांश पारितका लागि जीवन विकास लघुवित्तले पुस २८ मा बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले यही पुस २८ गते छैटौं वार्षिक साधारण सभा गर्ने भएको छ ।

सभा मोरङ्गको कटहरी-२ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा हुने कम्पनीले जनाएको छ । साधारण सभा बिहान १०ः३० बजे शुरु हुनेछ । 

सभाले १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशलमव ७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

त्यस्तै, सभाले अन्य उपयुक्त लघुवित्त संस्थाहरूसँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गर्दैछ । यस बुक क्लोजको आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीहरू लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् । 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.