काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको १३ लाख २६ हजार ६०० कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मार्फत कम्पनीले उल्लेखित कित्ता शेयर सर्वसाधारण समूहमा परिणत भएको जानकारी दिएको हो । सर्वसाधारणमा शेयर स्वामित्व कायम भएसँगै कम्पनीको संस्थापकतर्फ ६७ दशमलव ३४ प्रतिशत र सर्वसाधारणतर्फ ३२ दशमलव ६६ प्रतिशत शेयर स्वामित्व कायम भएको छ ।
कम्पनीले ८८ दशमलव ४५ प्रतिशत हकप्रद शेयर विक्री प्रक्रिया सम्पन्न गर्न लागेको छ । मंसिर १२ गतेदेखि पुस १७ गतेसम्म हकप्रद शेयर निष्कासन गर्दा विक्री नभएको ४ लाख ९२ हजार ५७७ कित्ता अवितरित हकप्रद शेयर हाल लिलामीमा विक्री खुला गरिएको छ ।
माघ २१ गतेदेखि फागुन ५ गतेसम्मका लागि कम्पनीले यी शेयर लिलामीमा विक्री खुला गरेको हो । सम्पूर्ण कित्ता शेयर बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ कायम हुनेछ ।