काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले अवितरित हकप्रद शेयर खरीदका लागि प्राप्त बोलपत्र फागुन १२ गते खोल्ने भएको छ ।
कम्पनीले सूचना जारी गर्दै तोकिएको अवधिभित्र प्राप्त बोलपत्र काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ८ बजे खोलिने जानकारी दिएको हो ।
कम्पनीले मंसिर १२ गतेदेखि पुस १७ गतेसम्म ८८ दशमलव ४५१६८ प्रतिशत हकप्रद शेयर निष्कासन गर्दा वितरण नभएको ४ लाख ९२ हजार ५७७ कित्ता हकप्रद शेयर माघ २१ देखि फागुन ५ गतेसम्म लिलामीमा विक्री गरेको हो ।
सर्वसाधारणतर्फको यी शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा विक्री गरिएको हो । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ छ ।
सम्पूर्ण कित्ता हकप्रद शेयर बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ कायम हुनेछ ।