काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेड र नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको शेयर विक्रीमा राखेका छन् । महुली लघुवित्तले सर्वसाधारणका लागि र नारायणी बैंकले संस्थापक शेयरधनीका लागि शेयर विक्रीमा ल्याएका हुन् ।
महुली लघुवित्तले संस्थापक शेयरधनी लक्ष्मी प्रसाद चौधरीको नाममा रहेको ४ हजार ६४१ कित्ता शेयर विक्रीमा राखेको हो । यो शेयर यसअघि नै संस्थापक शेयरधनीका लागि विक्री खुला गरिसकिएकाले अब सर्वसाधारणले खरीद गर्न पाउनेछन् ।
इच्छुक व्यक्ति, कम्पनी वा संघसंस्थाले आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाई सात दिनभित्र निवेदन दिनु पर्नेछ । निवेदन सप्तरीको अग्नीसाइर कृष्णासवरण–६, महुलीस्थित संस्थाको कम्पनी सचिवको कार्यालयमा बुझाउनु पर्नेछ ।
त्यस्तै नारायणी विकास बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ९४ हजार ४३५ कित्ता शेयर विक्रीमा राखेको छ । यो शेयरमा हाल बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक लगानीकर्ताले आफूले किन्न चाहेको शेयर कित्ताको विवरण खुलाई ३५ दिनभित्र आवेदन दिनुपर्ने छ ।
आवेदन चितवनको त्ननगर–१ टाँडीस्थित बैंकको केन्द्रीय कार्यालयमा बुझाउनु पर्नेछ । साथै तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणलाई विक्री गरिने बैंकले जनाएको छ ।