logo
मिथिला लघुवित्त वित्तीय संस्थाको साधारण सभा बुधवार हुँदै, लाभांशसहित यी  प्रस्ताव पारित हुने
मिथिला लघुवित्त वित्तीय संस्थाको साधारण सभा बुधवार हुँदै, लाभांशसहित यी  प्रस्ताव पारित हुने
१६ फाल्गुण २०७९

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले १४औंवार्षिक साधारण सभा बुधवार आयोजना गरेको छ ।

सभा न्यू बौवा होटल एण्ड गेष्ट हाउसको सभाहल भिथिला नगरपालिका-१० लालगढ, धनुषामा  बिहान ११ बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ । सभाले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

कम्पनीले हाल कायम रहेको अधिकृत पूँजी रू. २० करोडमा रू. १० करोड थप गरी रू. ३० करोड पुर्‍याउने प्रस्तावलाई समेत सभाले पारित गर्नेछ । सञ्चालक समितिको अध्यक्ष र सञ्चालकहरूको बैठक भत्ता वद्धि गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।

हाल कम्पनीमा ६० प्रतिशत संस्थापकतर्फ र ४० प्रतिशत सर्वसाधारणतर्फ शेयर स्वामित्व रहेको छ । सो संरचना परिवर्तन गरी संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

उल्लिखित प्रस्तावसँगै अन्य कुनै लघवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ५ गते एक सदिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा फागुन ४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य छन् ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.