काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी विकास आनन्दले पाएका छन् ।
जेठ १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बैंक र भारतीय स्टेट बैंक (एसबीआई) बीचको प्राविधिक सेवा सम्झौताबमोजिम प्रमुख सञ्चालन अधिकृतको रूपमा जिम्मेवारी सम्हाल्दै आएका विकास आनन्दलाई वरिष्ठताको आधारमा नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो ।
उनले जेठ १३ गतेदेखि लागू हुने गरी पाएको जिम्मेवारी सम्हालेका छन् । बैंकका अनुसार नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडाले जेठ १३ गतेदेखि बैंकको प्रमुख वित्तीय अधिकृतको पद मात्र सम्हाल्नेछन् ।