काठमाडौं । नेपाल एसबिआई बैंकले रू.३ अर्ब बराबरको ऋणपत्र ‘नेपाल एसबिआई ऋणपत्र २०९०’ निष्कासन गर्ने भएको छ । बैंकले उक्त ऋणत्र बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।
दुई पक्षबीच भएको सम्झौता पत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजेश कुमार पंडा र नबिल इन्भेष्टमेन्ट बैंकिङको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन् ।
नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्टारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋणपत्र निष्कासन गरिने बैंकले जनाएको छ ।