काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले सर्वसाधारण समूहबाट एक जना सञ्चालक नियुक्त गरेको छ ।
फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण समूहबाट रिक्त सञ्चालकमा याम बहादुर सुर्खालीलाई नियुक्त गरेको नेप्सेमार्फत जनाइएको छ ।
उनलाई आगामी साधारणसभाबाट अनुमोदन गर्ने गरी बाँकी कार्यकालका लागि सञ्चालकमा नियुक्ति गरेको जनाइएको छ ।