काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड र नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेडले प्राप्ति प्रस्ताव पारित गर्ने भएका छन् ।
दुवै कम्पनीले आगामी वैशाख १३ गते विशेष साधारण सभा आह्वान गरेर प्राप्ति प्रस्ताव पारित गर्न लागेका हुन् । नेपाल क्लियरिङ हाउसले काठमाडौंको कमलादीस्थित होटल रोयल सिङगीमा दिउँसो १२ः१५ बजे र नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्सले नक्सालस्थित लिसारा रिसेप्सनमा साेही समयमा सभा बोलाएका हुन् ।
सभाले प्राप्ति प्रस्ताव पारित गर्दै अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णयसमेत गर्नेछ । राष्ट्र बैंकबाट कुनै सुझाव आएमा त्यसको आवश्यक संशोधन तथा समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि सभाले गर्नेछ ।
दुवै राष्ट्र बैंकबाट वित्तीय भुक्तानी प्रणाली सञ्चालनका लागि अनुमतिप्राप्त कम्पनी हुन् । यी कम्पनीको सञ्चालनपश्चात नेपालमा वित्तीय भुक्तानी प्रणाली सहज बनेको छ ।
पूँजी बढाएर नेपाल सरकार र नेपाल राष्ट्र बैंकले परिलक्षित गरेको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने जानकारी कम्पनीहरूले दिएका छन् ।