काठमाडौँ । प्रभु बैंक लिमिटेडले २ लाख ६२ हजार ८१० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । यसअघि विद्यमान संस्थापक शेयरधनीहरुमा विक्री खुला गर्दा विक्री हुन नसकेपछि बैंकले अन्य व्यक्ति तथा संस्थाका लागि विक्री खुला गरेको हो ।
इच्छुक खरिदकर्ताहरुले आगामी ३५ दिनभित्र आवेदन पेश गर्न सक्नेछन् । आवेदन काठमाडौँ बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालय पेश गर्नुपर्ने जानकारी बैंकले दिएको छ ।